You are viewing the translated version of सेवा उपलब्ध गराउने आधार.

Section 32
सेवा उपलब्ध गराउने आधार
सेवा प्रदायकले देहायका आधारमा खानेपानी सेवा तथा सरसफाइ सेवा उपलव्ध गराउनु पर्नेछः -

(क) भौगोलिक स्थिति,

(ख) जनसङ्ख्या,

(ग) स्रोतमा उपलब्ध हुन सक्ने पानीको परिमाण,

(घ) खानेपानी तथा.सरसफाइ प्रणालीको क्षमता,

(ङ) उत्सर्जन हुने फोहोरपानीको प्रकृति,

(च) प्रशोधित फोहोरपानी विसर्जन गर्ने स्थान,

(छ) अन्य प्राविधिक विषय।